एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीको सचिवमा ध्रुवराज न्यौपाने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी काठमाडौँ जिल्ला कमिटीको अध्यक्षमा एलपी श्रेष्ठ र सचिवमा ध्रुवराज न्यौपाने चयन भएका छन ।

नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको तेश्रो पूर्ण बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो। वाग्मती प्रदेश सांसद तथा नेकपा एकीकृत समाजवादीका नेता कुसुम कार्की केन्द्रिय सदस्यमा चयन भएपछि उनको ठाउंमा एलपी श्रेष्ठ लाइ अध्यक्षको रुपमा चयन गरिएको हो।

सो बैठकले कमिटीको उपाध्यक्षमा ॐ कुमारी श्रेष्ठ र बटुकृष्ण थापालाई चयन गरेको छ भने उपसचिवहरूमा कृष्णहरि खत्री र सुरेन्द्र हर्ष बज्राचार्य चयन भएका छन।

कमिटिले पूर्णता नपाउन्जेल उपसचिव धुर्वराज न्यौपानेलाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ। बूढानिलकण्ठ नगरपालिका एबम क्षेत्र नम्बर ४ मा अत्यन्त लोकप्रिय युवा नेताको छवी बनाएका न्यौपानेले जिम्वेवारी प्राप्त गर्नुले समग्र युवाहरुमा उत्साह थपिएको एकजना नेकपा एकीकृत समाजबादीका युवा नेता बताउंछन्।


Published :५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media