थप ४८७ जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जना कोरोना संक्रमित थपिएका छन् भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जना संक्रमित थपिएका छन्  ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा २४५ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।


Published :भदौ ८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media