नेविसंघले गरेको तालाबन्दीविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा भएको तालाबन्दीविरुद्ध विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले गत असार २७ मा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको छ । विश्वविद्यालयमा शान्तिसुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित पठनपाठन गर, परीक्षाको मर्यादा कामय गर लगायतका नारा लगाएर अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रदर्शन गरेको हो ।


Published :भदौ १०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media