सुनको मूल्यमा ७ सय रुपैयाँले गिरावट

राष्ट्रपाटी न्युज

१२ भाद्र २०७९

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

यससँगै छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको मूल्य पनि घटेर ९४ हजार ६ सय रुपैयाँमा झरेको छ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :१२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media