आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रुपैयाँ ०४ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा रहेको छ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।  वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


Published :२८ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media