सिट बाँडफाँटमा कांग्रेसले बखेडा झिकिरहेको छः प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले कांग्रेसले बखेडा गरिरहे वाम फ्लेभरको वाममोर्चासमेत बनाएर अगाडि बढ्ने चेतावनी दिए ।   उनले वाममोर्चाको पनि विकल्प रहेको बताए ।

अहिले वाम लोकतान्त्रिक गठबन्धन छँदैछ , उनले भने, कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहे संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ। प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताए। हाम्रोबीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन, उनले भने, त्यसैले कमरेडहरुले ध्यान दिनुहोला ।

उनले अबको तीन महिना गुनासो गर्नेमा भन्दा पनि निर्वाचनमा पार्टीलाई जिताउन लाग्न पनि नेताहरुलाई निर्देशन दिए ।


Published :भदौ १२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media