थप २२६ जनामा कोरोना संक्रमण, २२३ जना संक्रमणमुक्त

राष्ट्रपाटी न्युज

१३ भाद्र २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जना कोरोना संक्रमित थपिएका छन्  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जना संक्रमित थपिएका हुन् । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ४३०पुगेको छ ।


Published :१३ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media