थप २५७ जनामा कोरोना संक्रमण, २३२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।


Published :भदौ १४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media