थप २७१ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संत्रपमणका कारण एक जनाको मृत्यु भएको छ, १७५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ ।


Published :भदौ १५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media