सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

२१ भाद्र २०७९

काठमाडौँ । नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ ।

आज मङ्गलवार सुनको मूल्य ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी महासङ्घले जनएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ। हिजो मङ्गलवार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ थियो ।


Published :२१ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media