“सयभन्दा कम सिट स्वीकार गरिए कांग्रेसमा बिद्रोह र विग्रह हुन्छ”

राष्ट्रपाटी न्युज

२२ भाद्र २०७९

जनकपुरधाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय भन्दा कम सिट स्वीकार गरिए नेपाली कांग्रेसमा बिद्रोह र विग्रह हुने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगगको सक्षिप्त कुराकानीमा नेता कोइरालाले १ सय ६५ सिटमा समेत म्यानेज र सबै खुसी हुन नसक्ने कांग्रेस पार्टी सय सिट भन्दा कममा कुनै पनि हालतमा व्यवस्थापन हुन नसक्ने र त्यसपछि विद्रोह तथा बिग्रहको स्थिति सृजना हुने बताए ।

गठबन्धनको अर्थ गठबन्धन आवद्व अर्को दलहरुको संगठन पनि बनाइदिने, पार्टी बचाइदिने नेता जोगाइ दिने नरहेको बताउँदै उनले एक सय सिटभन्दा कममा कांग्रेस खुसी भए समानुपातिक मत पनि कम हुने र आगामी सरकारको नेतृत्वको अवसर पनि गुम्ने बताए । उनले एक सय सिट पाए कांग्रेसले ७० सिट जित्ने दावी समेत गरे ।

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेको बताउँदै एक दुई दिनभित्र प्रतिनिधिसभाको सिट भागबण्डाको मिलेपछि प्रदेशसभाको भागबण्डामा कुराकानी सुरु हुने बताए ।


Published :२२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media