आन्दोलनरत कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्छः लोसपा नेता कर्ण

राष्ट्रपाटी न्युज

२२ भाद्र २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्  ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका हुन् ।

उनले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलव सरकारले तोकेको मापदण्डभन्दा पनि अतिन्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरुले ७/८ हजार मासिक तलब लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले सरकार आफैंले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटक-पटक दोहो-याए ।


Published :२२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media