नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिकः गठबन्धन

राष्ट्रपाटी न्युज

५ आश्विन २०७९

काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो तर राष्ट्रपति भण्डारीबाट सो विधेकय प्रमाणीकरण भएन ।

नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको ठहर छ । ‘राष्ट्रपतिको कदम असंवैधानिक हो, गठबन्धनको तर्फबाट वक्तव्य आउँछ,’ माओवादी उपमहासचिव वर्षमान पुनले बताए ।


Published :५ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media