अन्तरकलेज फुटसलको उपाधिमाथि न्यु मिलिनियम र केयु सिटीको कब्जा (फोटो फिचर)

काठमाडौं । खेलकुद समाज तथा सरस्वती नगर स्पोर्ट्स क्लबको आयोजनमा सञ्चालित अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधिमाथि न्यु मिलिनियम कलेजले कब्जा जमाएको छ । बुधवार सम्पन्न फाइनल खेलमा न्यु मिलिनियमले विनायकसिद्ध कलेजलाई ट्राइब्रेकरमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

त्यसैगरी छात्रातर्फको उपाधि भने केयु सिटी कलेजले जितेको छ । सिटीले फाइनलमा जोसेफ कलेजलाई पराजित गरेको हो ।

काठमाडौं जिल्ला अन्तर्गतका १९ कलेज सहभागी प्रतियोगिताका विजेता खेलाडीहरुलाई नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्व स्वास्थ मन्त्री गगनकुमार थापा, सांसद दिव्यमणिराज भण्डारी, वागमती प्रदेश सासद कुशुम कुमार कार्की, गोकर्णेश्वर नगरप्रमुख दिपक रिसाल, नेपाली काँग्रेस वागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, कपन बहुमुखी क्याम्पस अध्यक्ष कुमार ओझा, एन्फा पूर्व उपाध्यक्ष कर्मा छिरिगं शेर्पा, एन्फा उपाध्यक्ष कुमार केसी, सदस्य मनिष जोशी, नेपाल सरकारका उपसचिव डा राम मैनाली,  महिला नेतृहरु मिना पराजुली , जिसस काठमाडौं उपप्रमुख शान्ति पाण्डे, डा विष्णु खत्री, समाजसेवी रजनी श्रेष्ठ, अम्बिका भट्टराई, विद्या सुवेदी, समाजसेवीहरु श्रीराम चालिसे, आरके पुडासैनी, राजीव थापालगायत समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 


Published :अशोज ६, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media