बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :अशोज ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media