गायिका जेरुषा राई बेपत्ता

ललितपुर । ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता भएकी छन् ।

बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजीका लागि निवेदन दिएका छन् ।

हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताए ।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।  युवापुस्तामा लोकप्रिय ३० वर्षीया राईले लेखेको ‘नोट’ फेला परेको छ । नोटमा उनले लेखेकी छिन्– ‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ उनी बेलायत बसेर फर्केकी थिइन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Published :अशोज ७, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media