एकैदिन १५ सय बढीमा डेंगु संक्रमण पुष्टि

राष्ट्रपाटी न्युज

९ आश्विन २०७९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ ।
शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । यो वर्ष मात्र डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।


Published :९ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media