काठमाडौँ महानगरकी उपमेयर डंगोलद्वारा बजार अनुगमन

राष्ट्रपाटी न्युज

अशोज ११, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दशैंलक्षित बजार अनुगमन गरेकी छिन् ।

उपेमयर डंगोलसहित महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीले मंगलबार बिहान टुकुचास्थित तरकारी बजार, खाद्यान्न र मासु पसलको अनुगमन गरेको हो ।

टोलीले सामानको बिल, सामानको उत्पादन मिति लगायतको जाँच गरेको हो । ​उममेयर सुनिता डंगोलले बजार अनुगमन नियमित हुने बताइन् । उनले अखाद्य वस्तु बिक्री गरे हतकडीसमेत लगाउने चेतावनी दिइन् ।


Published :अशोज ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media