सुनचाँदीको घट्यो मूल्य

राष्ट्रपाटी न्युज

११ आश्विन २०७९

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

महासंघले सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमबार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भइरहरेको महासंघकाले जनाएको छ ।


Published :११ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media