काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुने बताइएको छ ।
गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिट बाँडफाँट करिब टुंगिसकेको छ । केही क्षेत्रमा भने दलहरूको दोहोरो दाबी रहेपछि मिल्न सकेको छैन ।
ती क्षेत्रहरूको विषयमा गठबन्धनको बैठकले अन्तिम रुप दिने एक नेताले बताए । केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने उनको भनाइ छ ।
आजको बैठकले दलले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकमा निर्णायक छलफल हुने बताइएको छ।
एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।