महाअष्टमीका अवसरमा राष्ट्रपति भण्डारीले गर्नुभयो पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा

राष्ट्रपाटी न्युज

१७ आश्विन २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजा गर्नुभएको छ ।

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गर्नुभएको हो ।

उहाँ नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर जानुभएको थियो । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गर्नुभएको थियो ।

जिल्लाको साबिक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्ति पीठमध्येको एक हो ।


Published :१७ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media