भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, कैयौँ घाइते

राष्ट्रपाटी न्युज

१९ आश्विन २०७९

काठमाडौँ । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । प्रहरीले २० वटा शव भेटिएको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ । मंगललबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो ।

प्रहरीले २० वटा शव घटनास्थलमा नै भेटिएको र अरु घाइतेलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गएराति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठेरोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको थियो । दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको छ ।


Published :१९ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media