मेक्सिकोमा अन्धाधुन्ध गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

२० आश्विन २०७९

काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन् । सो गोलीकाण्डमा परी एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् ।

स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए ।

यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।


Published :२० आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media