मध्य भेनेजुएलामा पहिरो जाँदा २२ को मृत्यु, ५० जनाभन्दा बढी बेपत्ता

राष्ट्रपाटी न्युज

२४ आश्विन २०७९

काठमाडौँ । मध्य भेनेजुएलामा गएको एउटा पहिरोमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

देशमा भारी वर्षापछि एउटा नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् ।
ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप सङ्कटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।

उपराष्ट्रपति डेल्सी रोड्रिगेजले ठुलो मानवीय क्षति देखिरहेको र अहिलेसम्म २२ जनाको मृत्यु हुनुका साथै ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका बताएका छन् ।

बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।


Published :२४ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media