बिजुली महसुल तिर्ने काउन्टर अबदेखि शनिबार बन्द हुने

राष्ट्रपाटी न्युज

अशोज २४, २०७९

काठमाडौँ । बिजुली महसुल तिर्ने काउन्टर अब शनिबार बन्द हुने भएको छ। प्राधिकरणले आगामी कार्तिक १ गतेदेखि शनिबार विद्युत महसुल संकलन गर्ने काउन्टर बन्द गर्ने भएको छ ।

प्राधिकरणले सूचना निकालेर विभिन्न सेवा प्रदायक कम्पनीमार्फत हरेक दिन बिहान १० देखि राति १२ बजेसम्म अनलाइन भुक्तानीको सुविधा भएकाले शनिबार महसुल काउन्टर बन्द गर्ने जनाएको हो । अनलाइनमार्फत महसुल तिर्न सकिने भएकाले शनिबार महसुल काउन्टर खोल्नु नपर्ने प्राधिकरणको तर्क छ ।

यसअघि प्राधिकरणले घुइँचो कम गर्न अतिरिक्त शनिबार पनि महसुल संकलन काउन्टर खुला राख्ने गरेको थियो ।


Published :अशोज २४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media