राष्ट्रपति भण्डारी आज अस्पतालबाट डिस्चार्ज हुने 

राष्ट्रपाटी न्युज

२५ आश्विन २०७९

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ । ‘अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेका हौं,’ एक चिकित्सकले भने, ‘आवश्यक परे राष्ट्रपति भवनमा गएर थप परीक्षण र उपचार हुन्छ ।’

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । २३ असोजमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Published :२५ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media