सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

अशोज २६, २०७९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै आज सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।


Published :अशोज २६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media