भोलि काठमाडौं – ४ मा गर्जदैं के पी वली, नेकपा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा हुने

राष्ट्रपाटी न्युज

२८ आश्विन २०७९

काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ समन्वय कमिटीले भोलि असोज २९ गते निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम आयोजना गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रुपमा सहभागी हुने उक्त कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्कमा रहेको आरबी होम पार्टी प्यालेसमा बिहान ८ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम समेत रहेको सो निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण टोल,शाखा,प्रदेस क्षेत्र ,क्षेत्र र जिल्ला कमिटीका सदस्यहरु सहित समर्थक, शुभचिन्तक सहित आम जनसमुदायहरुलाई नेकपा एमाले क्षेत्र नम्बर ४ ले अपिल समेत गरेको छ।


Published :२८ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media