राप्रपाले घोषणा पत्र सोमबार सार्वजनिक गर्ने

राष्ट्रपाटी न्युज

१३ कार्तिक २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार (१४ कात्तिक) मा घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक हुने छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम सुरु गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

अन्य दलहरु पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।


Published :१३ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media