राष्ट्रपति भण्डारीले गर्नुभयो छठीमाताको पूजा-आराधना (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१३ कार्तिक २०७९

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुह्येश्वरी जानुभएको छ ।

आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति भण्डारी छठीमाताको पूजाआराधना गर्नुभएको हो । त्यसलगतै उहाँले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजाआराधना गर्नुभयो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथालीस्थित बागमति किनारमा तयार पारिएको छठीमाताको दर्शन गर्नुभएको छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठीमाताको माटाको मूर्ति पनि निर्माण गरिएको छ ।


Published :१३ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media