दार्चुला घटनामा सरकारले पठायो भारतलाई कूटनीतिक नोट

राष्ट्रपाटी न्युज

१३ कार्तिक २०७९

काठमाडौं । महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत् भारतलाई कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार नोटमा मुख्य तीनवटा विषय समेटिएको छ । सीमावर्ती क्षेत्रमा यस्ता निर्माण कार्यहरू गर्दा स्थानीय प्रशासन र जनसमुदायलाई पूर्व सूचना दिन र सहकार्य गर्न आग्रह गरिएको छ ।


Published :१३ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media