एकीकृत समाजबादी काठमाडौं जिल्ला सदस्य मनोज श्रेष्ठ एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०७९

काठमाडौं। नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी सदस्य मनोज श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बूढानिलकण्ठ नगरपालिका वडा नं ३ का स्थानीय बासिन्दा श्रेष्ठलाई काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक बिशेष कार्यक्रममा अबिर र खादा लगाई नेकपा एमालेमा स्वागत गरेका छन् ।

बूढानिलकण्ठ क्षेत्र विकास समितिका पुर्व सदस्य सचिव रहेका श्रेष्ठ नेकपा एमालेका विभिन्न जिम्मेवारीमा लामो समय देखि सक्रिय रहदै पार्टी विभाजन संगै नेकपा एकीकृत समाजबादीमा सक्रिय रहेका थिए। श्रेष्ठ राजनीति संगै सामाजिक क्षेत्रमा क्रियाशील रहेका व्याक्ति हुन्।

उक्त प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ५ (१ ) का उम्मेदवार नारायण सिलवाल ,नेकपा एमाले काठमाडौंका अध्यक्ष एबं काठमाडौं क्षेत्र नं ५ (२ ) का उम्मेदवार दिपक निरौला ,काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो।


Published :कार्तिक १४, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media