सुनचाँदीको मूल्य घट्यो

राष्ट्रपाटी न्युज

२१ कार्तिक २०७९

काठमाडौं । नेपाल सूनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आइतबार छापावाला सूनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १२ सय ६५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :२१ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media