घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०७९

काठमाडौं । सुनको मूल्य प्रतितो­ला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंग­­लबार सुनको मूल्य घटेको र चाँदीको स्थिर रहेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ । सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो ।

यससँगै, चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएको छ ।


Published :कार्तिक २२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media