
काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा संघीय प्रतिनिधिसभामा मात्र होइन, प्रदेश क्षेत्रमा समेत निर्वाचन रोचक बन्दै गएको छ। खासगरि प्रदेश क्षेत्र २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजबादीका कुशुम कुमार कार्की र नेकपा एमालेका जयराम थापा बिचको प्रतिष्पर्धा पनि बिशेष बन्दै गएको छ।
यसै बीच नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेश सभा सदस्य उम्मेदवार जयराम थापाको उपस्थितिमा नेकपा एमालेको घर दैलो अभियान बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा आज सम्पन्न भएको छ। आशा र शंका दुवै दृष्टिले हेरिएको यस वडामा स्थानीयको व्यापक उपस्थितिमा घर दैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो कार्यक्रमको दौरान स्थानीयहरुले प्रदेशसभा सदस्य उम्मेदवार जयराम थापा पत्नी मिना न्यौपानेलाइ बिशेष महत्व दिएका छन् ।
वडा नम्बर २ का घरहरुमा बुहारी नानि खोइ भन्दै खोजि गर्दै मालाखादा लगाउने र अबिर सहित सम्मान गर्नेहरु प्रशस्तै भेटिएका थिए।
स्थानीय भएर पनि होला धेरैले उनलाई बिशेष महत्व दिएको देखिन्थ्यो।हँसिलो अनुहार सहित गला भरि माला र खादा लगाएर सबैको चासोको बीच उम्मेदवारहरु संगै घर घर पुग्न हतार हतार दौडिदै गरेको दृश्य रोचक देखिन्थ्यो।
