काठमाडौँ । आज (बुधबार) सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको हो ।
छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य तोलामा ३० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ । मंगलबार तोलामा ३० रूपैयाँले बढेर १ हजार ३२५ रूपैयाँमा किनबेच भएको थियो ।