कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय निर्वाचनको परिणामपछिः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन्।

उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने बताए। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।

विराटनगर-१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताए ।  अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको बताए ।


Published :४ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media