४ महिनामा साढे २३ करोड बराबरको विद्युतीय मिटर आयात

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को ४ महिनाको अवधिमा विदेशबाट साढे २३ करोड रूपैयाँ बराबरको विद्युतीय मिटर आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा २० लाख ६१ हजार वटा विद्युतीय मिटर आयात भएको हो ।

यसक्रममा आयातकर्ताले ५ करोड २५ लाख रूपैयाँ बराबरको भन्सार राजश्व बुझाएका छन् । नेपालमा विश्वका ६ वटा देशबाट विद्युतीय मिटर आयात हुने गरेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनबाट आउने गरेको विभागले जनाएको छ ।

चीनबाट २१ करोड ८७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार वटा विद्युतीय मिटर भित्रिएको छ । यस्तै, भारतबाट १ करोड रूपैयाँको थाइल्याण्डबाट १५ लाख ७४ हजार रूपैयाँको मिटर भित्रिएको विभागले जनाएको छ । यसैगरी, अमेरिकाबाट ४९ लाख ६५ हजार रूपैयाँको मिटर भित्रिएको तथ्यांकले देखाएको छ ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media