दोलखाका विवादित क्षेत्रमा फेरि चुनाव हुने

राष्ट्रपाटी न्युज

मंसिर १०, २०७९

काठमाडौं । दोलखाका विवादिभ मतदानस्थलमा फेरि चुनाव हुने भएको छ ।

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए ।

त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको बताइएको छ ।

सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गरेका थिए ।


Published :मंसिर १०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media