काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले छिनछिनमा यसको अध्यावधिक गरिरहेको छ । यस क्रममा केही दल आपसमा कहिले अघि कहिले पछि भइरहेका छन् ।
जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत प्राप्त गरेको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई उछिन्दै पुनः राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत पाएको छ ।
चौथो स्थानमा रहेको माओवादी केन्द्रको पक्षमा १० लाख ५४ हजार ९९७ मत खसेको छ । अहिलेसम्म ९२ लाख ५० हजार ८९१ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।