धनुषा । धनुषा क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका महासेठले ३२ हजार २३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका यादवले ३२ हजार ११२ मत ल्याएका छन् ।