शेयर बजारमा सामान्य अंकको वृद्धि

राष्ट्रपाटी न्युज

१३ मंसिर २०७९

काठमाडौं । नेप्से परिसुचक सामान्य अंकले बढेको छ। नेप्से २.९९ अंकले बढेर १९५३ .३५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.०२ प्रतिशतले बढेर ३८२.६९ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से १५.६१ अंकले ओरालो लागेर १९५०.३७ विन्दुमा अडिएको थियो।

सो दिन १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भएको थियो। यसदिन २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक बढ्यो भने ६ को घट्यो। यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक १.२१ प्रतिशतले बढेको छ।

डेभलपमेन्ट बैंक, हाइड्रोपावर,लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स,म्युचुअल र अदर्श समूहको सूचक ०.८१ प्रतिशतसम्म बढ्यो। आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। यसदिन धवलागिरि लघुवित्त वित्तीयको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढ्यो।

यसदिन हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाँको कारोबार गरी शीर्षस्थानमा रह्यो ।

 


Published :१३ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media