फिफा विश्वकपः आज चार खेल हुँदै, जित्नैपर्ने दबाबमा अर्जेन्टिना

राष्ट्रपाटी न्युज

मंसिर १४, २०७९

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिभिन्न चार खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेलहरू हुँदैछन् ।

आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट सुरु हुनेछ ।

यस खेलपछि समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुंगो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिकोबीच खेल हुँदैछ ।

दुबै खेल नेपाली समयअनुसार राती १२:४५ मा हुनेछ । यस खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्नेछ ।

एसियाली मुलुक कतारमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।


Published :मंसिर १४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media