सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

मंसिर १५, २०७९

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले बढेको हो।

आज तेजावी सुनको मूल्‍य ९७ हजार ६ सय कायम गरिएको छ।

यस्तै, सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको छ ।


Published :मंसिर १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media