बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय दुर्गा मन्दिर कपनमा अपाङ्ग प्रोत्साहन कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ द्वारा आयोजना गरिएको उक्त कार्यक्रम वडा कार्यालयको हलमा संचालन गरिएको थियो। उक्त कार्यक्रममा स्वास्थ्य सहयोगीको रुपमा फ्रेन्डशिप कम्युनिटी हस्पिटल प्रा लि रहेको थियो भने बौद्विक अपांगता अभिभावक संघ बूढानिलकण्ठले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो।
उक्त कार्यक्रममा फ्रेन्डशिप कम्युनिटी हस्पिटलको सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको र अपांगता भएका वडाबासिहरुलाइ न्यानो सिरक र खोल वितरण गरिएको वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन्।
कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी ,उप प्रमुख अनिता लामा ,वडाध्यक्ष शम्भु प्रसाद भट्टराई ,वडासदस्य एबम कार्यपालिका सदस्य शान्ता ढकाल , वडा सदस्य डिल्ली खतिवडा ,इश्वरी भट्टराई लगायत बिभिन्न व्यक्ति तथा वडाभरका बिभिन्न अपांगता भएका व्यक्तिहरुको उपश्थिति रहेको थियो। शुसिला खतिवडा ढुंगेलले संचालन गरेको उक्त कार्यक्रममा वडा सचिव लगायत कर्मचारी समेतको उपस्थिति रहेको थियो।