घट्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

२० मंसिर २०७९

काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा ६०० रुपैयाँले घटेको मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ ।  सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।


Published :२० मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media