काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय बैठक आज बस्दैछ । आज दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ ।
उनले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताए । एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ ।