साउदी अरबको भ्रमणमा चिनियाँ राष्ट्रपति सी

राष्ट्रपाटी न्युज

मंसिर २२, २०७९

काठमाडौँ । साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद पुगेका छन् ।

राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो । त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा प्रवेश गरेपछि शाही साउदी वायुसेनाका चारवटा लडाकु विमानले सुरक्षा प्रदान गरेका थिए । (रासस)


Published :मंसिर २२, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media