समानुपातिक सांसदको नामावली छानबिन सुरु

राष्ट्रपाटी न्युज

मंसिर २४, २०७९

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुले शनिबार बुझाएको समानुपातिक सांसदको नामावलीमा आजबाट छानबिन सुरु गर्ने भएको छ ।

दलहरुले बुझाएको समानुपातिक उम्मेदवाहरुको बन्दसूचीभित्रबाट नाम परे/नपरेको, महिला,अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए/नभएको आयोगले छानबिन गर्नेछ।

आयोगले छानबिन गरेर प्रमाणित गरेपछि मात्रै नामावलीले मान्यता पाउने प्रावधान छ ।

त्यसका लागि दलहरुलाई समानुपातिक सांसदहरुको सूची सच्याउन आयोगले आइतबार र सोमबार  समय दिएको छ ।

समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार  नमिलेको नाम सच्याएर बुझाउन आयोगले दुई दिनको समय दिएको हो ।

आयोगको तालिका अनुसार दलहरुले शनिबार समानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगसमक्ष  बुझाएका थिए ।

निर्वाचन आयोगका अनुसार समानुपातिक सिद्धान्तअनुसार भए/नभए छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिनेछ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सबै परिणामको प्रतिवेदन मंसिर अन्तिमसम्म राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी छ ।


Published :मंसिर २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media