लगातार सुनचाँदीको मूल्यवृद्धि

राष्ट्रपाटी न्युज

मंसिर २५, २०७९

काठमाडौँ । सुन चाँदीको मूल्य लगातार बढेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ पुगेको छ ।

लगातार बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख ५ सय रुपैयाँ पुगेको हो। अस्ति शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रवार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Published :मंसिर २५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media